अप्पर हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

काठमाडौं– अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी फागुनभित्र २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीका अनुसार सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइएको २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । निष्कासन गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएकाले आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्कासन तथा बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । कम्पनीले फागुन मसान्तभित्र सेयर निष्कासन गर्ने लक्ष्य राखेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ ।

साभार् उर्जा खबर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here