काठमाडौमा २८४ सार्वजनिक शौचालय !

काठमाडौं । काठमाडौं महानगरभित्र गल्ली तथा सडक छेउछाउमा दिशा तथा पिशाब गरेको भेटिनु नौलो कुरो होइन । यो समस्या सार्वजनिक शौचालय नभएर भएको हो । यसै विषयमा महानगरले कहाँ र कति मात्रामा सार्वजनिक शौचालय बनाउन सकिन्छ भनेर अध्ययन गरेको छ । सो अध्ययनले २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने देखाएको छ । काठमाडौंको सहरी आवश्यकता पूरा गर्न हाल भइरहेका शौचालयलाई स्तरोन्नति गर्ने, केही थप नयाँ ठाउँमा निर्माण गर्न सकिने अध्ययनले देखाएको छ ।


अध्ययन प्रतिवेदन काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । महानगरभित्र हाल ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।
प्रतिवेदनमा पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमशः नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्नुसकिने उल्लेख गरिएको छ । यसमा कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ ।
त्यसैगरी आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने पनि अध्ययनमा देखिएको छ । महानगरभित्रका व्यावसायिक भवनहरु (सपिङ् कम्प्लेक्स र मलहरु) मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव भएको अध्ययनमा उल्लेख गरिएको छ । महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ ।
टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछा पोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गन सकिने बताइएको छ ।


त्यसैगरी यात्रुको चापलाई हेरेर गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसि, जुद्ध शालिक आसपास, हनुमान ढोका, जमल, लैन चौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि सार्वजनिक शौचालय आवश्यक भएको र निर्माण गर्न सकिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here