प्रदूषण कर फिर्ता

काठमाडौँ । प्रदेश १ को इलाम जिल्ला अन्तर्गतको इलाम नगरपालिकाले प्रदूषण करका नाममा यस अघि लिन थालेको सवारी इन्धनको कर फिर्ता गरेको छ । आगामी फागुन १ गतेदेखि लागु हुने गरी इन्धनमाथिको कर फिर्ता गरेको हो । नगरपालिकाले गत साउन १४ गते देखि यहाँ रहेका दुईवटा पेट्रोल पम्पबाट डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको थियो ।

संघीय सरकारले स्थानीय तहहरूलाई दिएको ३१ बुँदे सुझाव अनुसार यो कर फिर्ता गर्न थालिएको हो । यसअघि इलाम नगरपालिकाले नगरका वडाहरूमा सिफारिसलगायका सेवा शुल्कमा समान कर, संरचना भएका क्षेत्रमा एकिकृत सम्पत्ति कर र संरचना नभएका मालपोत वापतको कर लिन थालेको थियो । नगरपालिकाले यसअघि सक्सन मेशिन प्रयोग गरेवापत चार हजार ५०० रुपियाँ लिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here