राष्ट्रिय चोरी शिकार नियन्त्रण अभियान बर्दियामा

काठमाडौँ । यस वर्षको राष्ट्रिय चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान कार्यक्रम बर्दियामा मनाइने भएको छ ।

विश्व वन्यजन्तु दिवसका अवसर पारेर नेपालले मनाउने गरेको यो अभियान यही फागुन १९ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिभिन्न कार्यक्रममा आयोजना गरी बर्दियामा मनाउने भएको छ ।

‘जलचर: प्रकृति र मानव जीवनको आधार’ भन्ने नाराका साथ यो वर्षको अभियान सञ्चालन गरिने थालिएको विभागका सूचना अधिकारी एवम् उपसचिव बिष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।


बिष्णुप्रसाद श्रेष्ठ
सूचना अधिकारी एवम् उपसचिव,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

विशेष गरी युवाको सहभागितालाई केन्द्रमा राखेर यस वर्षका कार्यक्रमहरु सञ्चालन गरिने भएका छन् । विभागले युवा सहित स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा एक सिँगै गैँडाको ‘जिरो पोचिङ’ अभियानमा सफलता पाइरहेको छ । विभागले पछिल्ला केही वर्ष यता सञ्चालन गरेको ‘जिरो पोचिङ’ अभियानमा स्थानीय समुदायको प्रत्यक्ष र महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

संरक्षित क्षेत्र वरीपरीका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन क्षेत्रमा समेट्ने गरी चोरी शिकार नियन्त्रण गर्न ५०० स्थानीय चोरी शिकार नियन्त्रण युवा समुह हाल परिचालन भइरहेका छन् । ती समुहलाई अझ बढी सक्रिय पार्न र विगतको अनुभव आदान प्रदान गर्दै हाल देखिएका चुनौतीसँग लड्नुपर्ने वर्तमान आवश्यकतालाई दृष्टिगत गरी विभागले सञ्चालन गर्ने यो अभियानले सरोकारवाला सबैमा थप ऊर्जा प्रदान गर्ने कुरा उपसचिव श्रेष्ठले बताउनुभयो ।

मध्यवर्ती व्यवस्थापन समिति अन्तर्गत रहेको ती युवा समुहलाई संरक्षित क्षेत्र कार्यालयबाट बेला बेला प्रशिक्षण, तालिम, सूचना आदान प्रदान तथा क्षमता विकासका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै गरिदै आइरहेका छन् ।

सो अभियानमा संरक्षण साझेदार संस्था, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी शिकार नियन्त्रण युवा समुह सञ्जाल, विज्ञ लगायतको सहभागिता रहने भएको छ । स्थानीय स्तरमा चोरी शिकार नियन्त्रणका लागि भए, गरेको कार्यहरुको अनुभव आदान प्रदान गर्ने र संरक्षण सम्बन्धी सचेतना जगाउन बिभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन हुने भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

यही अभियानलाई दृष्टिगत गरी बर्दियामा स्थानीय समुदायले आफुले लुकाएर राखेका वन्यजन्तुका अंग तथा आखेटापहार लगायतका वन्यजन्तुसँग सम्बन्धित वस्तुहरु धमाधम निकुञ्जको कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालयमा बुझाउने र संकलन गर्ने कार्य भइरहेको बर्दिया राष्ट्रिय निकु ञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

एक सिँगे गैँडाको लागि थालिएको ‘जिरो पोचिङ’ अभियानको सफलतासँग चोरी शिकार नियन्त्रण युवा समुहको उल्लेख्य योगदान जोडिएको गैँडा जस्तै अन्य सबै वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाको थप र प्रभावकारी परिचालन आवश्यक भएको उपसचिव श्रेष्ठले बताउनुभयो ।

विभागले बर्दियामा अभियानलाई विशेष रुपमा मनाउने निर्णय गरेको छ भने अन्य संरक्षित क्षेत्रहरुले पनि आआफ्ना मध्यवर्ती क्षेत्र, सामुदायिक वन लगायतका सरोकारवालाहरुको सहभागितामा बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने कार्यक्रम रहेको छ ।

वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि जिल्ला स्तरमा वन्यजन्तु अपराध नियन्त्रण इकाई रहेका छन् भने केन्द्रीय स्तरमा विभागका महानिर्देशकको संयोकत्वमा केन्द्रीय स्तरको समन्वयकारी संरचना निर्माण गरिएको छ ।

तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र वरीपरीका समुदाय र युवाहरुमा चोरी शिकार नियन्त्रण गर्ने जागरुकता बढी जसो देखिएको भएपनि पछिल्लो चरणमा पहाडी भाग र उच्च हिमाली क्षेत्रमा रहेका संरक्षित क्षेत्र वरीपरीका समुदाय तथा युवाहरु पनि चोरी शिकार नियन्त्रणमा सक्रिय हुँदै आएका छन् । रेडपाण्डा, हिमाली भालु, हिउँ चितुवा, कस्तुरी मृग लगायतका वन्यजन्तुको चोरी शिकार नियन्त्रण गर्नमा उच्च हिमाली क्षेत्रमा युवाहरु निकै सक्रिय देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here