सुदूरपश्चिम प्रदेशले दियो एक करोड राहत

धनगढी । प्रदेश ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप सुदूरपश्चिम प्रदेशले एक करोड रुपियाँ दिने निर्णय गरेको छ भने प्रदेश ३ पनि रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको कुरा आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here