खरिदार देखी शाखा अधिकृतसम्म एकैपल्ट ९ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले एकैपल्ट खरिदार देखि शाखाअधिकृत सम्म ९ हजार १ सय ६१ दरबन्दीमा विज्ञापन खोलेको हो ।

लोक सेवा आयोगको ईतिहासमै एकै पल्ट यति धरै सख्यामा आयोगले विज्ञापन आह्वान गरेको यो पहिलो पटक हो । अधिकृत स्तरमा १ हजार ८ सय ३५ को विज्ञापन खोलिएको छ भने नासुको ३ हजार ९ सय ३०, खरिदारको ३ हजार ३ सय ९६ पदको विज्ञापन आह्वान भएको छ।

आर्थिक योजना तथा तथ्यांक सेवाअन्तर्गत तथ्यांक अधिकृतमा ५ र तथ्यांक सहायकमा ४ गरी ९ जनाको विज्ञापन भएको छ। इन्जिनियरिङ सेवामा ३ हजार ६ सय ३८ पदमध्ये अमिनमा १ सय ८८, असिस्टेन्ट सबइन्जिनियरमा १ हजार ७ सय ४६, इन्जिनियर ५ सय ३२, खापासटे १ सय ६९, नापी अधिकृत ३, सब इन्जिनियर ९८२ र सर्वेक्षक १८ को विज्ञापन आह्वान गरिएको छ ।

यसै गरी प्रशासनतर्फ ४ हजार ९७ पदमा दरखास्त मागिएको छ। तीमध्ये अधिकृत तह ६ मा ९ सय २६, सहायक पाँचौं र चौथोमा ३ हजार १ सय ७१ को विज्ञापन गरिएको छ। विविध सेवामा ६ सय २ विज्ञापन खोलिएको छ। यसमा कम्प्युटर अधिकृत ४, कम्प्युटर निरीक्षक ३ सय ४१, कम्प्युटर इन्जिनियर ७, महिला विकास अधिकृत २, महिला विकास निरीक्षक ६३, वातावरण इन्जिनियर ६, वातावरण निरीक्षक ५, सहायक कम्प्युटर अपरेटर ३९ र सहायक महिला विकास निरीक्षक १ सय ३५ जनाको विज्ञापन गरिएको छ। शिक्षामा ८ सय ५ को विज्ञापन गरिएको छ। यसमा अधिकृत ३ सय ३९ र प्राविधिक सहायक ४ सय ६६ पदमा विज्ञापन भएको छ।

आरक्षित पदतर्फ र समावेशीतर्फ स्थानीय तहगत रूपमा प्रतिशत निर्धारण गर्नुपर्ने भएकाले केही कमी भएको अध्यक्ष मैनालीको भनाइ छ।

समायोजनपछि दुर्गमका स्थानीय तहका कर्मचारी खाली भएकाले सरकारले स्थानीय तहको समस्यालाई ध्यानमा राखेर उच्च प्राथमिकता दिदैँ कर्मचारीको माग विवरण आयोगमा पठाएपछि विज्ञापन आह्वान भएको छ।

देशभरका ५ सय १५ स्थानीय तहको १३ हजार ६४५ कर्मचारीको माग भएपनि ९१६१ को मात्रै विज्ञापन आह्वान गरिएको छ।

बाँकी ४ हजार ४८४ पद बढुवाको लागि छुट्याइएको छ। २०७६ जेठ ६ को मन्त्रिपरिषदको नीतिगत व्यवस्था समेतका आधारमा खुला प्रतियोगिाको माध्यमबाट पदपूर्ति गर्न विज्ञापन गरिएको आयोगले जनाएको छ।

आयोगले स्थानीयको पदपूर्तिसम्बन्धि विशेष कार्यतालिका पनि सार्वजनिक गरेको छ। असोज/कार्तिकसम्म नतिजा निकाल्ने लक्ष्यका साथ कार्यतालिका बाहिर आएको छ। लोक सेवाको प्रक्रियामा असर पर्ने गरी छिटो कर्मचारीको सिफारिस गर्ने अधिकतम प्रयास गरिने र फास्ट ट्रयाकबाट नतिजा ल्याउने गरी आयोगले तयारी गरिरहेको छ।

विज्ञापन आह्वनपछि फारम भर्ने २१ दिन म्याद तोकिएको छ। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म फारम भर्न पाइने छ। फारमको चेकजाँचपछि साउन ४ गते पहिलो चरणको परीक्षा हुनेछ। पहिलो चरणको परीक्षामा पास भएकाले दोस्रो चरणको परीक्षामा सम्मिलित हुन पाउने छन्। पहिलो चरण परीक्षाको ठक्कै एक महिनापछि दोस्रो चरणको परीक्षा हुनेछ।

लिखित परीक्षाको नतिजापछि सीप परीक्षण, समुहगत छलफल र अन्र्तवार्ता हुनेछ। त्यसपछि मात्रै अन्तिम नतिजा आउने छ। त्यसको लागि कम्तिमा ४ देखि ५ महिना लाग्ने छ, कार्तिकसम्ममा नजिता निकाल्ने लक्ष्य आयोगले राखेको छ।

पाठ्यक्रम आयोगको वेवसाइटमा राखिएको छ। पाठक्रममा स्थानीय तह र संघीयता सम्बन्धी केही विषयवस्तु बाहेक पुरानै पाठ्यक्रम रहेको आयोगले जनाएको छ।

आयोगका कर्मचारीले रातारात काम गरेर यति ठूलो सख्या विज्ञापन आह्वान गर्न, पाठक्रम तयार पार्न सकेको हो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here