रेड कार्यान्वयन केन्द्रद्वारा सञ्चारकर्मीलाई प्रशिक्षण

नेपालगञ्ज । कार्वन व्यापार, सुशासन र जलवायु परिवर्तन सम्बन्धी सञ्चारकर्मीलाई प्रशिक्षण गरिएको छ । रेड कार्यान्वयन केन्द्र बबरमहल र नेपाल इन्भारमेन्ट जर्नालिष्ट एसोसिएन (नेजा) द्वारा आयोजित वन सम्वर्धन र सुशासन अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका विषय एक दिन आवासीय प्रशिक्षण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


प्रशिक्षण कार्यक्रममा रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले नेपालमा वन संरक्षण, वनको वर्तमान अवस्था, संघीयतामा वन संरक्षणको बदलिँदो अवस्था र चुनौती, कार्वन व्यापार, जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय सहयोग प्राप्ति, सदुपयोग र चुनौती लगायतका विषयमा प्रशिक्षण दिए ।


दाङ, बाँके, सुर्खेत र कैलालीका गरी २५ जना सञ्चारकर्मी सहभागी भएको सो प्रशिक्षण कार्यक्रममा जलवायु परिवर्तन, जलवायु वित्त र यसको सदुपयोग, वातावरणीय समाचारका कोणहरु, जलवायु अनुकुलन र न्यूनीकरणका लागि सञ्चारकर्मीले खेल्नु पर्ने भूमिका लगायतका विषयमा वातावरण पत्रकार लक्ष्मीप्रसाद उपाध्यायले प्रशिक्षण दिए ।


समृद्धिका लागि वन र नेपालको हालको अवस्थामा विषयमा वन विज्ञ पशुपति कोइरालाले सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिए । सामुदायिक वन, राष्ट्रिय, वन, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, काँक्रेबिहार संरक्षण क्षेत्र, खाता जैविक मार्गका विषयमा बढी जसो कलम चलाउने सञ्चारकर्मीहरुलाई लक्षित गरी सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल इन्भारमेन्ट जर्नालिष्ट एसोसिएन (नेजा) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here