दाङमा पनि डेङ्गु

दाङ । दाङमा पनि दुई जनामा डेङ्गु देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौको पहिलो साता दुई जनामा डेङ्गु देखिएको हो । तुलसीपुर उपमहानगरपालिका–६ मा एक महिला र वडा नं १९ मा एक पुरुषमा डेङ्गुको सङ्क्रमण फेला परेको डेङ्गुरोग फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

अत्यधिक ज्वरो र टाउको दुखाई भएपछि उपचारका लागि राप्तीलाइफ केयर अस्पतालमा आएका ती दुईमा डेङ्गुको सङ्क्रमण देखिएको उहाँको भनाइ छ । दुवैको अहिले उपचार भइरहेको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यो रोग गतबर्ष देखिएको थिएन । लामखुट्टेलाई मार्नका लागि खोज तथा नष्टगर्ने अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । लामखुट्टे खोज्ने र मार्ने अभियानसँगै पानी जम्ने गरी राख्न नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here