फेरी अर्को बैक ह्याक, कृषि विकास बैंकको ५ करोड रुपैयाँ चोरी

काठमाडौं । भारतमा बसेर नेपाल कृषि विकास बैंकको करोडौं रुपैयाँ लुट्ने योजना असफल भएको छ। एटीएम ह्याक गरेर रकम खातामा जम्मा गरिसकेका १२ जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो।

ह्याकरणले कृषि विकास बैंकको सिष्टम ह्याक गरी झण्डै ५ करोड रुपैयाँ आफ्नो खातामा टान्सफर गर्न भ्याइसकेको अवस्थामा प्रहरीले ह्याकरलाई पक्राउ गरेको छ। बैंक लुट प्रकरणमा कृषि विकास बैंकको लाहान शाखा मुख्य रुपमा प्रयोग भएको खुलेको हो। बैंकले सो शाखाका सबै कर्मचारी हटाएर नयाँ कर्मचारी खटाएको छ। सो बैंकबाट कसरी अपचलन भयो भन्ने छानविन गर्न ४ सदस्यीय टोलीसमेत खटाएको बैंकले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंकका उपप्रबन्धक दिर्घ अर्यालले बैंकको चार करोड ३७ लाख रुपैयाँ निकालिएको पुष्टी गरे। अर्यालले बैंकको लाहान शाखा बाहेक अरु कुनै शाखामा अपचलन नभएको बताए।

अर्यालले कृषि विकास बैंकमा निक्षेपकर्ताले राखेको रकम पूर्ण रुपमा सुरक्षित रहेको बताउँदै हालको अपचलनमा निक्षेपकर्ताको एक पैसा पनि तलमाथि नभएको पत्रकार सम्मेलनमा प्रष्ट पारे। बैंक लुट तथा अपचलन प्रकरणमा पिटर उर्फ कालेको गिरोह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

निकालिएको रकम हाल पक्राउ परेकै व्यक्तिले आफ्नो खातामा टान्सफर गरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। उनका अनुसार निकालिएको रकम मध्ये ६० लाख रकम ह्याकर समूहले हुण्डीमार्फत पठाउन झिकेका थिए। त्यही रकम झिक्ने क्रममा ११ जना संलग्न देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।

‘अनुसन्धानबाट लाहान शाखाको रकम ११ वटा खातामा ट्रान्सफर भएको देखिएको छ’, पत्रकार सम्मेलनमा एसएसपी थापाले भने, ‘ती खाताबाट पैसा निकाल्न निकाल्न जाने सबैलाई पक्राउ गरिएको छ। ’

पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत छन्। घटनाको मुख्य योजनाकार मुम्बईमा रहेको प्रहरीले जनाएको छ। ‘अभियुक्तहरुले १०–१५ प्रतिशत कमिसन राखेर अरु पैसा मुम्बई पठाइदिने योजना रहेको प्रारम्भिक बयानमा उल्लेख गरेका छन्’, थापाले भने, ‘ झिकिएको जम्मा भएको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौं।’

ह्याकर समूहको ५ अर्ब रुपैयाँ झिक्ने योजना रहेको दावी प्रहरीको छ। पानस रेमिटको उजुरी आधारमा कृषि विकास बैंकको ह्याकिङ प्रकरण खुलासा भएको हो। असोज ५ गते पक्राउ पर्नेहरुमा रसुवाका लवाङ तामाङ, लक्ष्मी तामाङ, काभ्रेका सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, सार्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रमणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, भारत कोलकताका सुवम्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढा छन्।

घटना यही असोज ५ गते आइतबारको हो ।

बानेश्वरमा रहेको पानस रेमिटबाट केही व्यक्तिहरुले अस्वाभाविक रुपमा पैसा निकालेपछि गतिविधि शङ्कास्पद लागेर कर्मचारीले महानगरीय अपराध महाशाखामा जानकारी गराए । त्यसपछि खटिएको महाशाखाको टोलीले पैसा निकाल्दै गर्दा केही व्यक्तिलाई पक्राउ ग¥यो । उनीहरुसँग सोधपुछ गर्दा नुवाकोटका लवाङ तामाङ घटनामा संलग्न रहेको खुल्न आयो ।

खोजतलासका क्रममा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि थप रहस्य खुल्न पुग्यो । उनको साथबाट प्रहरीले रु ३१ लाख बरामद गरेपछि घटनाले अर्कै मोड लियो । कृषि विकास बैंकको रकम निकालेको पत्ता लागेपछि प्रहरीले जिल्लामा सर्कुलर गरेर प्रहरीलाई ‘हाई अलर्ट’मा बस्न भनियो ।

प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो, “लवाङसँगको सोधपुछमा विदेशी नागरिक काले भन्ने पिटरसँग उनको सम्बन्ध रहेको जानकारी प्राप्त भएपछि घटनामा ठूलै गिरोह रहेको रहस्य पत्ता लाग्यो र हामीले अनुसन्धानलाई थप तीव्रता दियौँ ।” उहाँका अनुसार कृषि विकास बैंकमा बुझ्दा करोडौँ रकम विभिन्न व्यक्तिको खातामा पठाई सकिएको फेला प¥यो ।

त्यो खाताको पैसा लिन आउने सबैलाई नियन्त्रणमा लिन भन्दै बैंकमा सर्कुलर भयो । सोही क्रममा प्रहरीले १२ जना पक्राउ गरेको थापाले जानकारी दिनुभयो । नेपाली नागरिकलाई खातामा जम्मा भएको रकमको १५ देखि ३५ प्रतिशतसम्म दिने र अरू रकम हुण्डीमार्फत भारत पठाउने सर्तमा व्यक्तिको नाममा ह्याकरले पैसा पठाएको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

सोही प्रक्रिया चल्दै गर्दा प्रहरीले उनीहरुलाई पैसा निकाल्नुअघि नै पक्राउ गरेको थियो । “तर पनि ७० लाख भने निकालेको र रु १० लाख भने हुण्डीमार्फत विदेश पठाइसकेको फेला परेको छ अरू पैसा बरामद भएको छ”, महाशाखा प्रमुख थापाले भन्नुभयो ।

घटनाका योजनाकार विदेशी नागरिक पिटर भने फरार रहेका छन् । प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट रकम रु चार करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ ।

यसरी पैसा निकाल्ने नेपाली सहयोगीलाई १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डीमार्फत पुनः भारत भारत लैजाने गरेको समेत खुल्न आएको छ । पिटरले नेपालका एजेन्टहरूलाई नबिल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई पैसा निकाल्ने गरेको र उनले नेपालबाट रु पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here