बर्दियामा वयस्क गैंडाको मृत्यु

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा एक आपसमा जुधेर एक गैँडाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका वडा नं ६ असारेगौडी नजिक गेरुवा नदीको बिचमा दुईवटा गैँडा जुध्दा एउटाको मृत्यु भएको हो ।

गेरुवा भँगालोमा पानी पानी सुक्दै गएपछि कतिपय गैँडा भारत छिरेको अनुमान गरिएको छ । २०२२ यता गणना नहुँदा निकुञ्जमा कति गैँडा रहेका छन् भन्ने यकिन तथ्याङ्क रहेको छैन ।


नदीको बिचमा मृत गैँडा देखेपछि स्थानीयले बर्दिया राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए । गैँडा करिब २१ वर्ष रहेको अनुमान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार गैँडा एकआपसमा जुध्दा कमजोर गैँडाको मृत्यु भएको हो ।


गैँडाको खाग सुरक्षित रहेको न्यौपानले जानकारी दिएका छन् । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मरेको गैँडा बारे विस्तृत विवरण थाहा हुने उनले बताए ।


निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी पोष्टमार्टमको काम गरेका छन् र पोष्टमार्टम पछि गैँडाको अन्त्येष्टि गरिएको छ । बर्दियामा सन् २०२२ को गणनामा ३८ ओटा गैँडा रेकर्ड गरिएका थिए ।

गेरुवा भँगालोमा पानी पानी सुक्दै गएपछि कतिपय गैँडा भारत छिरेको अनुमान गरिएको छ । २०२२ यता गणना नहुँदा निकुञ्जमा कति गैँडा रहेका छन् भन्ने यकिन तथ्याङ्क रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here