भेटियो दुर्लभ राजगोमनको गुँड

घोराही । दाङको घोराही उपमहानगरपालिका स्थित अम्बे सामुदायिक वन क्षेत्रमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्पको गुँड फेला परेको छ ।


विश्वकै सबैभन्दा विषालु सर्पका रूपमा परिचित राजगोमनको गुँड फेला परेपछि वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र सर्प संरक्षणकर्मीले यसको संरक्षणका लागि पहल लिनुपर्ने बताउन थालेका छन् ।


अम्बे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीधर भण्डारीका अनुसार असार ३१ गते वनमा च्याउ खोज्न गएका उपभोक्ताले झाक्री सेता क्षेत्रमा गुँड फेला पारेका थिए ।

अध्यक्ष भण्डारीले गुँड रहेको क्षेत्रमा कुनै असर नपुगोस् भन्ने उद्देश्यले घाँस, दाउरा र च्याउ सङ्कलन गर्नसमेत रोक लगाइएको पनि बताए । चार वर्षदेखि सर्प उद्धार तथा संरक्षणमा सक्रिय कुलदीप न्यौपानेको सहयोगमा गुँड सुरक्षित गरिएको बताएका छन् ।


डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख ओमबहादुर वलीले राजगोमनको गुँड फेला परेपछि वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरेर संरक्षण र निगरानीलाई प्राथमिकता दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here