हात्ती धपाउन मध्यवर्तीमा पूर्वसूचना प्रणाली

कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली विकास गरिएको छ ।
मध्यवर्ती क्षेत्रभित्र पर्ने यहाँको राप्तीसोनारी गाउँपालिका अन्तर्गत बुचापुरकी शान्ति चौधरी लगायतका स्थानीय बासिन्दा निकुञ्जले पूर्व सूचना प्रणाली जडान गरेपछि साँच्चै शान्तिको सास फरेको महसुस गर्न थालेका छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्र ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या थियो । यिनै समस्यालाई न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्वसूचनामा आधारित सेन्सर साइरन जडान गरेको छ ।


यो प्रणाली जडान गर्नु अघि शान्ति चौधरी लगातका स्थानीयलाई साँझ परेपछि डर सुरु हुन्थ्यो । राति कतिबेला जङ्गली हात्ती बस्ती पस्छ भन्ने टुङ्गो हुँदैनथ्यो । हात्तीले घर, अन्नबाली र खेतबारीमा क्षति पु¥याउने मात्र होइन, मानवीय जोखिमसमेत उत्तिकै रहन्थ्यो । हात्ती आएको थाहा पाउँदा पनि धेरै जसो अवस्थामा ढिलो भइसकेको हुन्थ्यो । स्थानीयले सुरक्षित स्थान खोज्न सक्दैनथे ।


अचेल भने हात्ती बस्ती पस्न थाल्दा गाउँनजिकै जडान गरिएको पूर्वसूचना प्रणालीबाट ठुलो आवाज (साइरन) बज्नासाथ शान्तिसंँगै अरू स्थानीय पनि सचेत हुने गरेका छन् । एकजुट भएर हात्तीलाई सुरक्षित रूपमा बस्तीबाहिर फर्काउने प्रयास गर्छन् ।


बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाले बर्सौंदेखि जङ्गली हात्तीको आव्रmमणबाट मानवीय तथा अन्नबालीको क्षति बेहोर्दै आएका थिए । निकुञ्जको मध्यवर्ती क्षेत्र ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या थियो । यिनै समस्यालाई न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्वसूचनामा आधारित सेन्सर साइरन जडान गरेपछि स्थानीयको दैनिकीमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ ।


जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार यो प्रणालीले हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ साइरनमार्फत स्थानीयलाई समयमै सूचना दिने गर्छ । साइरन बजेपछि स्थानीय बासिन्दा सजग हुने गरेका छन् । अचेल हत्तपत्त दुर्घटना हुन पाउँदैन ।


रेग्मीका अनुसार जेडएसएलले आफ्ना विभिन्न परियोजनामार्फत चार वटा स्थानमा पूर्वसूचनामा आधारित मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यव्रmम सञ्चालन गरिरहेको छ । जसले विशेष गरी मानव–हात्ती द्वन्द्व कम गर्न सहयोग पु¥याइरहेको छ ।


बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवका अनुसार गाउँमा हात्ती पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाउने र आवश्यक सतर्कता अपनाउने गरेका छन् । यसले मानवीय क्षति हुन नदिन महìवपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here