नेपालमा बयस्क बाघको संख्या ४२९ पुग्यो

काठमाडौँ । विगत चार वर्ष यता नेपालमा ७४ वटा बयस्क बाघ थपिएका छन् । बाघ सर्वेक्षणमा बच्चा बाघ डमरुलाई गणना गर्ने गरिएको छैन । यस पटक गरिएको बाघ सर्वेक्षणमा यो संख्या थपिएको हो । अब नेपालमा बाघको संख्या ४२९ पुगेको छ ।


विश्व बाघ दिवसका अवसर पारेर बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको एक विशेष कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बुधबार सो तथ्याङ्क सार्वजनिक गरेकी छिन् ।

बाघको संख्या आहार प्रजाति, बासस्थान र चोरी शिकार नियन्त्रणमा आधारित हुने गर्छ । यस पटकको गणनामा बाघको वृद्धिदर भने ऋणात्मक रहेको छ


बाघ पाइने तराई भूपरिधिका पर्सा, चिवतन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको अनुमानित संख्याको अद्यावधिक गर्न विगत छ महिना अघि सर्वेक्षण कामको सुरुवात गरिएको थियो ।


सन् २०२२ को बाघ सर्वेक्षणमा बाघको संख्या ३५५ थियो भने यस पटक विगतको भन्दा विगत चार वर्ष यता बाघको संख्या ७४ ले बढेर ४२९ पुगेको हो । यस पटकको सर्वेक्षणमा बाघ पाइने सबै निकुञ्जमा बाघको संख्या बढेको देखिएपनि बर्दियामा घटेको छ ।

सन् २०२२ को सर्वेक्षणमा बर्दियामा बाघको संख्या १२५ थियो भने यसपटक घटेर बाघको संख्या घटेर ११२ वटा रेकर्ड गरिएका छन् । बुधबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ रेकर्ड गरिएका छन् ।


सन् २०२२ को बाघ सर्वेक्षणमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा रेकर्ड गरिएका थिए । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सामा ४१, बाँकेका २५, शुक्लाफाँटामा ३६ वटा बाघ रेकर्ड गरिएका थिए ।


यस पटकको सर्वेक्षणको तथ्याङ्क हेर्दा बाघको संख्या बढेको दर सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जमा देखिन्छ । पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ३० वटा, बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा २६ वटा बाघ बढेको छन् भने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, शुक्लाफाँटा र आसपासका क्षेत्रमा १४ वटा बाघ बढेका छन् । तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।


बाघको संख्या आहार प्रजाति, बासस्थान र चोरी शिकार नियन्त्रणमा आधारित हुने गर्छ । यस पटकको गणनामा बाघको वृद्धिदर भने ऋणात्मक रहेको छ । सन् २०१८ भन्दा २०२२ मा झण्डैं ५१ प्रतिशतले बढेको बाघको वृद्धिदर यसपटकको गणनामा जम्मा २१ प्रतिशत मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here