काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सेयर खरिद गर्नुभएको छ । नेपालको पानी जनताको लगानी भन्ने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले पहिलो शेयरका रुपमा सो जलविद्युत् आयोजनाको शेयर लिनुभएको हो ।
जनताको जलविद्युतमा सेयर अन्तर्गत त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबारदेखि साधारण सेयर ९आईपीओ० निष्कासन गरे पछि प्रम ओलीले पहिलो सेयर खरिद आवेदन भर्नुभएको ।
प्रम ओलीसँगै उर्जामन्त्री वर्षामान पुनले पनि सेयर खरिद गर्नुभएको छ । प्रम ओलीले १० हजार कित्ता र उर्जा मन्त्री पुनले १ हजार कित्ता सेयर आवेदन भरेका छन् । कम्पनीले आजै जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।

न्यूनतम १०० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने उक्त सेयरको निष्कासन छिटोमा चैत १२ र ढिलोमा बैशाख ६ गते बन्द हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । त्रिशूलीमा नेपाल विद्युत प्राधिकरणको ३० र नेपाल टेलिकमको ३० गरी ६० प्रतिशत संस्थापक स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । ४० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने उक्त कम्पनीको निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको छ । निमार्ण अवधिको ब्याजबाहेक ३७ मेगावाटको आयोजना बनाउन ७ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ रहेको आयोजनाले जानकारी दिएको छ ।
सेयर खरीदका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेड र नेपाल डिपी लिमिटेडमा दुई वटा डिम्याट खाता खोल्नुभएको हो हो ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समेत बुधबार नै डिम्याट खाता खोलेर शेयर फाराम भर्नुभएको छ । नुवाकोट र रसुवाको सीमानामा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको सेयर बिक्री सुरु भएको हो ।