हल्का वर्षाको सम्भावना

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “शनिवार देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ”, उहाँले भन्नुभयो ।

राति देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

सोमबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११।२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५।३ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here