गैँडा गणनामा ध्रुबे हात्तीको अझै अवरोध

काठमाडौँ । दुर्लभ वन्यजन्तु एकसिँगे गैँडाको राष्ट्रिय गणना अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा तीन देखिको ध्रुबे हात्तीले आइतवार पनि अवरोध कायम राखेको छ ।

शुक्रवार अमलटारी नजिकको क्षेत्रमा गैँडा गणना गर्न गएको हात्ती सहितको गणना टोलीमाथि ध्रुबे हात्तीले आक्रमण गरेको थियो । जसका कारणले गर्दा शनिबार एक दिन गणना कार्य स्थगित भएको थियो । सो घटनामा पनि राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत बिनोद श्रेष्ठ गम्भिर घाइते भई काठमाडौँको हयाम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । श्रेष्ठको अपे्रसन सफल रुपमा भइ पनि सकेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेका अनुसार आइतवार तीन वटा टोली बनाएर गैँडाखासा क्षेत्रमा गणना गर्न खोज्दा पुनः ध्रुबे हात्ती बिच्किएर आउन थाल्दा एक टोलीले काम स्थगित गरेको छ ।

आइतवार पनि ध्रुबेले त्यो क्षेत्र नछाडेकाले १६ वटा हात्ती सहितको टोलीले काम गर्न पाएका छैनन् भने १७ वटा हात्तीमा दुई वटा गणना टोलीले काम गरिरहेको जानकारी लामिछानेले दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here