चितवनमा हात्ती अझै सम्पर्कविहिन


काठमाडाँैँ । शुक्रवारको घटनामा ध्रुबे हात्तीले लखेट्दा चितवन राष्ट्रिय निकुञ्जको गैँडाखासा क्षेत्रबाट हराएका चार वटा हात्ती मध्य एउटा हात्ती अझै सम्पर्कमा आउन सकेको छैन ।

सो घटनामा हराएका तीन वटा हात्तीलाई जंगलबाट नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । जुन हात्तीका बिनोद श्रेष्ठ चढेका थिए, त्यही हात्ती अझै सम्पर्कमा आउन सकेको छैन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले नेपालकथालाई आइतवार बताए ।

हात्ती बिरामी परे

चितवनमा गैँडा गणनाका लागि प्रयोग भएको चार वटा हात्ती बिरामी परेका छन् ।
यही चैत ९ गतेदेखि चितवन पर्सा कलष्टरमा गैँडा गणनाको शुभारम्भ गरिएको थियो । सोही दिनदेखि लगातार रुपमा गणनामा खटिएका केही हात्तीको स्वास्थ्य अवस्था केही कमजोर देखिएकोले ती हात्तीलाई गणनामा प्रयोग गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here