वन मन्त्रालयको सचिवमा डा. कँडेल

काठमाडौँ । सरकारले वन तथा वातावरण मन्त्रालयको सचिवमा डा. पेमनारायण कँडेललाई सरुवा गरेको छ ।

यस अघिका सचिव डा. विश्वनाथ ओलीले मंगलबार अवकाश पाए लगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार साँझ डा. कँडेललाई पत्र दिएको छ । सोमवार बसेको मन्त्रीपरिषदले डा. कँडेललाई सरुवा गर्ने निर्णय गरिसकेको थियो ।

डा. ओलीलाई मन्त्री प्रेमबहादुर आले तथा कर्मचारीले मंगलाबार नै बिदाई गरेका थिए । बुधवार मन्त्री आले राजधानी बाहिर रहने भएकाले सचिव डा. कँडेलले बिहीवार मात्र पदभार गर्ने योजना बनाएको नेपालकथालाई सुनाए ।

डा. ओलीलाई मन्त्री प्रेमबहादुर आले तथा कर्मचारीले मंगलाबार नै बिदाई गरेका थिए । बुधवार मन्त्री आले राजधानी बाहिर रहने भएकाले सचिव डा. कँडेलले बिहीवार मात्र पदभार गर्ने योजना नेपालकथाले सुनाए ।

बि.सं २०४३ सालमा निकुञ्ज विभागको रेञ्जरमा निजामति कर्मचारीको सेवा प्रवेश गरेको कँडेलको पहिलो पोष्टिङ बर्दिया राष्ट्रिय निकुञ्जमा भएको थियो । दुई वर्षसम्मको रेञ्जरका जागिरमा सेवा गरेका कँडेलले आइएस्सी हेटौँडाबाट र बिएस्सी पोखराबाट पास गरेका हुन् ।

२०५१ सालमा जनरल फरेष्ट्री तर्फ अधिकृत भएका कँडेलको पहिलो अनुभव दाङ जिल्लाबाट भएको हो । त्यसपछि जुम्ला र हुम्लाको जिल्ला वन अधिकृत भएर नेदरल्याण्ड पढ्न गएका कँडेलले २०६१ सालमा वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपसचिवको पदमा जागिर खाए ।

नेदरल्याण्डबाट एमएस्सी गरेको कँडेल वन मन्त्रालय भित्र अत्यन्तै मिहिनेती र इमान्दार क्याडरका रुपमा चिनिन्छन् । तत्कालिन मूख्य सचिव माधब घिमिरे र लिलामणी पौडेलसम्म राम्रो सम्बन्ध भएका कँडेलले २०६६ सालमा सहसचिवमा पदोन्नती भएपछि वन श्रोत सर्वेक्षण परियोजना (एफआरए) का टिम लिडरको जिम्मेवारी निर्वाह गरे ।

तत्पश्चात अढाई वर्ष तत्कालिन भूसंरक्षण विभागका महानिर्देशकको जिम्मेवारी पाएका उनले तीन वर्ष वन मन्त्रालयको योजना महाशाखामा पनि दत्तचित्त भएर काम गरे ।

अत्यन्तै चतुर र स्वच्छ छविमा व्यक्तिमा गनिने डा. कँडेलले राष्ट्रपति चुरेमा एक वर्ष सदस्य सचिवको पदमा काम गरे । प्रदेश २ का प्रदेश वन सचिवको भूमिकामा एक वर्ष काम गरेका उनले काठमाडौँ छिर्ने बित्तिकै जागिर सुरु गरेको विभाग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको विभागीय प्रमुख हुने सौभाग्य पनि पाए ।

लोकसेवाको सचिव बढुवा सिफारिसमा परेका उनलाई पहिलो पटक सफलता त मिलेन तर पछिल्लो पटक भने उनले सहजै सफलता हात पारे । सचिव बढुवा भएकै दिन तत्कालिन कृषि मन्त्रालयमा पदस्थापन भएका कँडेललाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कृषि मन्त्री चक्रपाणी खनाल, नेकपा महासचिव बिष्णु पौडेलको आर्शिबाद रहेको सिंहदरबार वृतमा त्यतिबेला चर्चा राम्रोरी चलेको थियो ।

दुई महिना १८ दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भएका कँडेलले सचिव भएपछि कृषि तथा पशुपंक्षी मन्त्रालयमा साढे चार महिना बिताए ।

सकारात्मक र रचनात्मक सोचका साथ काम गर्न सक्ने डा. कँडेलले त्यो मन्त्रालयमा पनि राजनैतिक नेतृत्वलाई असाध्य सहयोग गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here