लायन्सद्वारा एक किलोमिटर बाटोको पुर्नस्थापना र सुधार

काठमाडौँ । लायन्स क्लब डिस्ट्रिक ‘एच’ अन्र्तगतको दुई वटा क्लब काठमाडौ बाग्मती र रानीपोखरी मिलेर सिनामंगलबाट एयरपोर्ट तर्फ बटुवा हिड्ने एक किलोमिटर बाटो पुर्नस्थापना र सुधार कार्य सम्पन्न भएको छ ।

मर्निङ्ग र ईभनिङ्ग वाक गर्न व्यायमको लागि बनाईएकोे उक्त बाटोमा घाँसपात र झाडी सफाई गरी हिडडुल गर्न योग्य बनाइएको छ ।

वातावरण संयोजक लायन सौरभ श्रेष्ठको नेतृत्वमा सो कार्य सम्पन्न भएको छ । उक्त कार्यको मुख्य उद्देश्य वातावरण संरक्षण गर्ने मात्र नभई मानिसहरुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकोले पनि सुरु गरिएको उनले बताए । उनका अनुसार उक्त बाटो सफा गर्ने मुख्य निकाय वडा कार्यालय र नगरपालिकालाई ध्यानाकर्षण गराउन पनि यो काम गरिएको हो ।

लायन्स क्लव अफ रानीपोखरीका लायन्स नारायणी लामिछानेले आफुहरुले सो क्षेत्रमा सरसफाइको काम सुरु गरेपछि आयल निगमका कर्मचारीले आफनो हाताभित्रको झाडी सरसफाई गरेको बताइन् ।

वातावरण संरक्षणमा लायन्सहरुको यो नौलो प्रयास सराहनीय रहेको र आवश्यक परेको क्षेत्रमा परिस्कृत ढंगले अझ पनि काम गर्दै जाने ड्रिस्टिक गर्भनर लायन दिनेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here