बन्यो जलवायु परिवर्तन राष्ट्रिय परिषद

काठमाडौँ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ ।

वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको गठन गरेका छन् ।

परिषदको विज्ञ सदस्यमा डा. बिमल रेग्मी नियुक्त भएका छन् । जलवायु परिवर्तन तथा अनकुलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशक भन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै हाल उनले अक्सफोर्ड पोलिसि म्यानेजमेन्ट नेपाल मार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकुलनका नीतिगत सुधारमा काम गर्दै आएका छन् ।

त्यसैगरी परिषदको सदस्यमा प्रधानमन्त्रीका जलवायु परिवर्तन तथा वातावरण सल्लाहकार डा. माधबबहादुर कार्की र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागीय प्रमुख डा. साधना प्रधानाङ्गलाई मनोनयन गरिएको छ ।

परिषद सदस्यमा इसिमोडमा कार्यरत डा. सुनिता चौधरी र डा. कल्पना देवकोटालाई पनि मनोनयन गरिएको छ । डा. चौधरी लामो समयदेखि इसिमोडमा कार्यरत छिन् भने जलवायु परिवर्तन अनुकुलनका कार्यमा अध्ययन अनुसन्धानमा तल्लिन छन् । डा. देवकोटा बिभिन्न गैर सरकारी संस्थामा काम गर्दै आएकी छन् ।

परिषदको उपाध्यक्षमा मन्त्रिमण्डलमा बरिष्ठ मन्त्रीको हैसियतमा गृह मन्त्री बालकृष्ण खाड, सदस्यमा कृषि मन्त्री, वन मन्त्री तथा ऊर्जा मन्त्रीलाई प्रधानमन्त्री देउवाले मनोनयन गरेका छन् ।

परिषदको सदस्यमा सबै प्रदेशका मूख्य मन्त्री, वातावरण क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य र वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here