चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु

बर्लिन: जर्मनीको एक चर्चमा भएको गोली काण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ ।

जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार बिहीबार अबेर राति यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोली काण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए ।

तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोली काण्डमा सात जनाको ज्यान गएको जनाएको हो ।
गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ ।उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here