भेरी बबईमा दोस्रो चरणका काम तीब्र हुँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरूधमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरतादिएको हो ।

यहीअवधिमानिर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्नभएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँकम्पनी चाइनाइन्जिनियरङ ओभरसिजप्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो । अमेरिकीकम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको कामभने कोभेकलेगर्नुपर्नेछ ।

आयोजनाले प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरण गरिसकेको जनाएको छ । हालसम्मलालपुर्जा भएका४८ परिवारले ५० कित्ता बराबरको मुआब्जालिएका छन् । आयोजनाकाइन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमालालपुर्जाभएका सबैलाई मुआब्जावितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिनबाँकी रहेको बताउनुभयो । उहाँले जिल्लामुआब्जानिर्धारण समितिको निर्णय अनुसाररु. १२ करोड ३५ लाखवितरण गरिएको जानकारी दिनुभयो ।

चिनियाँकम्पनीग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिलनिर्माणका लागि ठेक्कासम्झौताभएको थियो । सोही सम्झौताबमोजिमनदीको बहावफर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशतनिर्माण पुरा भएकोजनाइएको छ । “साइट क्याम्पनिर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनकालागितयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले रासससंग भन्नुभयो, “बाँधस्थलचिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधकाकारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो ।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानीबबईमाखसाल्नचिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरूआर्थिक वर्ष २०७९÷८० मा सम्पन्नगर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचनानिर्माणमा रु. छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूलसंशोधितलागतभने रु. ३३ अर्ब १९ करोड रहेको छ ।

सुर्खेतको भेरीगंगानगरपालिका५ चिप्लेमा १४ मिटर अग्लो बाँधबनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानीखसालेर बबईमा४८ मेगावाट विद्युत् उत्पादनगरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युतकम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनीप्रदेशकाबाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमासिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here