अमवामा आँखा उपचार केन्द्र स्थापना

काठमाडौं । रुपन्देहीको ग्रामीण क्षेत्र अमवामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले ग्रामीण क्षेत्रका जनतालाई स्थानीय तहमै स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भएको बताउनुभयो । यसअघि आँखाको उपचारका लागि सर्वसाधारण भैरहवा, बुटवल, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता थियो ।

नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका सभापति सागरप्रताप राणाले बिरामीलाई सहजरूपमा घरदैलोमै सेवा उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here