काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले वन मन्त्री ठकुरीसँग भेटवार्तामा आपसी सहयोग, सद्भाव बढाउने बारे छलफल गरेका छन् ।
भेटका क्रममा राजदूत भोल्कले अस्ट्रेलियाले नेपालमा विगत लामो समय देखि सामुदायिक वन, खाद्य सुरक्षा, क्षमता विकास, जीविकोपार्जन तथा जलवायु परिवर्तन अनुकुलनका कार्यक्रम सञ्चालन गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जानकारी दिएका छन् ।

राजदूत भोल्कले नेपालको वन क्षेत्रमा ६० वर्ष देखि काम गर्दै आएको जानकारी दिँदै आगामी दिनमा जलवायु परिवर्तनले जोखिमका परेका नेपालका समुदाय र क्षेत्रलाई फेरी सहयोग गर्ने चाहाना रहेको पनि बताइन् । उनले नेपालको वनजंगलमा लाग्ने ढडेलो नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने इच्छा समेत व्यक्त गरिन् ।

राजदूत भोल्कले नेपालको हिमाली क्षेत्र बढी जलवायु परिवर्तनको जोखिममा पर्दै गरेको बताइन् भने आगामी दिनमा आफ्नो सहयोग र सद्भाव नेपाललाई जहिले पनि हुने प्रतिवद्धता व्यक्त गरेको वन तथा वातावरण मन्त्री ठकुरीको सचिवालयले जनाएको छ ।
राजदूत भोल्कले नेपालको वन क्षेत्रमा ६० वर्ष देखि काम गर्दै आएको जानकारी दिँदै आगाी दिनमा जलवायु परिवर्तनले जोखिमका परेका नेपालका समुदाय र क्षेत्रलाई फेरी सहयोग गर्ने चाहाना रहेको पनि बताइन् ।

सो अवसरमा वन मन्त्री ठकुरीले नेपालको वन विकासका लागि सन् १९६६ देखि अस्ट्रेलियन सरकारको सहयोग रहँदै आएको बताउँदै आगामी दिनमा आपसी सहयोगको अपेक्षा रहेको बताए । मन्त्री ठकुरीले नेपालको सामुदायिक वन विकास परियोजनामा मार्फत नेपालमा वनको पुनर्स्थापना तथा वन प्राधिकरण क्षमता अभिवृद्धिमा अस्ट्रेलियन सरकारको महत्त्वपूर्ण भूमिका रहेको भन्दै स्रहाना पनि गरे ।
मन्त्री ठकुरीले अस्ट्रेलियन सरकारले आगामी दिनमा जलवायु परिवर्तन अनुकुलन तथा सामुदायिक वन विकास, जलवायु परिवर्तनको जोखिमका परेका विपन्न वर्गको जीविकोपार्जनका निम्ति लगानी निरन्तरता दिन राजदूतसँग आग्रह पनि गरे।