संरक्षण गरेका चिजलाई नभत्काइदिनुहोस् : विश्व वन्यजन्तु कोष

काठमाडौँ । ठूलो धनरासी र लामो समय खर्च गरेर संरक्षणका क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई नभत्काइदिन विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ ) नेपाल कार्यालयले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

नेपालको संरक्षण क्षेत्रमा हाल देखिएको अवस्थासम्म ल्याउन धेरै व्यक्तिको योगदान र पसिना बगेको स्मरण गर्दै कोषले हालका उपलब्धी प्राप्त गर्ने दौरानमा भएको लगानीको अवमूल्यन नगर्न पनि आग्रह गरेको छ ।


विश्व वाघ दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कोषका नेपाल कार्यालय प्रमुख डा. घनश्याम गुरुङले नेपालको संरक्षण क्षेत्रमा सरकारी र साझेदार संस्थाका तर्फबाट निकै रकम र पसिना बगेको बताए । उनले आग्रह गर्दै भने, विकासका नाउँमा निकै मिहिनेत गरेर बनेका चिजहरुलाई नभत्काइदिनुहोस्, नबिगारिदिनुहोस् ।


बाघको संख्या दोब्बर पार्दाको खुसी र बाघले मान्छे मारेको घटना सुन्दा दुखी हुने गरेको बताएका डा. गुरुङले भने, अब यसको व्यवस्थापन जरुरी छ । आउँदा दिनमा मानव, वन्यजन्तुको सहअस्तित्व र समृद्धिसँग जोड्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।


एकाध हुने बाघसँगका घटनाले प्रकृतिको उच्चतम महत्व भएको प्राणी बाघको बदनाम भएको पनि उनले बताए । गुरुङले भने, वार्षिक रुपमा सर्पले करिब चार हजार मानिसलाई टोक्छ, सर्पले टोकेर मृत्यु हुनेको संख्या हेर्ने होभने तीन हजार भन्दा बढी देखिन्छ । तर सर्पको घटनाको कसैले कुरा गर्दैन । बाघ जंगल बाहिर निस्कियो कि देशै हल्लिन्छ ।

विकासका नाउँमा निकै मिहिनेत गरेर बनेका चिजहरुलाई नभत्काइदिनुहोस्, नबिगारिदिनुहोस् ।


डा. गुरुङले भने, मानिसको लागि बाघ जोगाउनु परेको हो । मान्छेलाई केन्द्रमा राखेर संरक्षण गरिन्छ । यो कुरा किन बुझ्न नसकेको होला यो दुनियाँले । मानिस जोगाउनु संरक्षणको पहिलो शर्त हो । प्रकृति मास्दै जाने हो भने मानिस कहाँ बाच्न सक्छ र ? जहाँ बाघ छ, त्यहा मानिसका लागि हुने प्राकृतिक कुरा पनि छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ ।


कार्यक्रममा कोषका बरिष्ठ सल्लाहकार शिवराज भट्टले भौतिक पूर्वाधारको विकास चाहिएको भएपनि हालसम्म गरेका सबै उपलब्धीलाई चुनौती दिने गरी गरिएको विकासले मानव समाजलाई उल्टो क्षति पुग्ने तर्फ सबैले सचेत हुनुपर्ने बताए ।

उनले भने, सीमित व्यक्तिको स्वार्थ पुर्ति हुने किसिमले काम गरिनु हुदैन । यति ठूलो लगानीलाई सीमित स्वार्थी समुहका लागि नास गर्दा दीर्घकालिन रुपमा मुलुकलाई नै नोक्सानी पुरयाउने कुरातर्फ ध्यान दिन जरुरी छ ।

धेरै व्यक्तिको योगदान र पसिना बगेको स्मरण गर्दै कोषले हालका उपलब्धी प्राप्त गर्ने दौरानमा भएको लगानीको अवमूल्यन नगर्न पनि आग्रह


कार्यक्रममा कोषका डेपुटी कन्जरभेसन प्रोग्राम डाइरेक्टर डा. कञ्चन थापा र बाइल्डलाइफ बायोलोजिष्ट सशांक पौडेलले बाघ संरक्षणमा देखिएका पछिल्ला चुनौती, समाधानका उपाय र आगामी कार्यदिशा बारे प्रकाश पारेका थिए ।


कोषले नेपालमा विगत ३१ वर्षदेखि संरक्षणका क्षेत्रमा नेपाल सरकारलाई सहयोग पुग्ने गरी कामहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here