रसुवा बाढी : संयुक्त राष्ट्रसंघका महासचिवद्वारा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता तथा दुःख व्यक्त गरेका छन् ।

चीनबाट सुरु भएर नेपालको रसुवामा आएको बाढीका कारण मानवीय क्षति भएको, अझै धेरै व्यक्तिहरु बेपत्ता भएका र ठूलो धनजनको क्षति भएकोप्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा जनाएका छन् ।

महासचिव गुटेरेसले बाढीमा परेर मृत्यु वरण गरेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने बाढीमा परेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

महासचिव गुटेरेसले बाढीबाट प्रभावित नेपालका साथमा राष्ट संघ रहेको पनि बताएका छन् । बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन भइरहेको र आगामी दिनमा थप प्रभावकारी रुपमा गरिने समेत उनले जनाएका छन् ।

महासचिव गुटेरेसले बाढीमा पसेका व्यक्तिहरुको जीवन बचाउन, उद्धार गर्न खटिएका उद्धारकर्मीहरूको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here