काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या हालसम्म १६२ पुगेको छ ।
बाढीमा परेर हराई रहेका व्यक्तिको एकिन विवरण अझै थाहा नभएपनि बिभिन्न ठाउँमा गरी हालसम्म १६२ वटा शव फेला परेका छन् ।
प्रहरी बुलेटिनका अनुसार चितवनमा ६४ वटा शव फेला परेका छन् । नारायणी नदीका किनारमा ती शवहरु भेटिएका हुन् । त्यसैगरी गोरखामा २० वटा, नवलपरासी पूर्व २६ वटा र नवलपरासी पश्चिममा दुई वटा शव भेटिएका छन् ।
प्रहरीका अनुसार रसुवामा दुई वटा, नुवाकोटमा १२ वटा, धादिङमा २७ वटा नदीले बगाएर ल्याएका शव फेला परेका छन् । फेला परेका शरिर क्षतविक्षत भएका पाइएको छ ।
बाढीमा परेका व्यक्तिहरुको उद्धार, उपचार र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


























