काठमाडौ । चिनियाँ जलस्रोत मन्त्रालयले नेपाल तर्फ फेरी अर्काे नयाँ ताल बनेको र निकट भविष्यमा फुट्न सक्ने भन्दै सतर्क रहन भनेको छ ।
नेपाल तर्फ बग्ने छोचेन खोला र पुरेपु साङ्पो नदीको दोभानमा पानी जमेर नयाँ ठुलो तलाउ बनेको जानकारी दिँदै सतर्क रहन भनेको छ ।
चिनियाँ जलस्रोत मन्त्रालयको स्रोत खुलाउँदै चीनको ग्लोबल टाइम्सले आफ्नो समाचार संस्करणमा बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको कुरा उल्लेख गरेको छ ।
सो समाचारमा उल्लेख भए अनुसार आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने र पानीको सहत बढेसँगै ताल फुट्ने उच्च जोखिम रहेको बताइएको छ ।
चीनले सो तालको विषयमा नजिकबाट अध्ययन गरिरहेको बताएको छ । सो ताल फुटेमा आपत्कालीन उद्धार कार्यको तयारी भइरहेको पनि समाचारमा उल्लेख गरिएको छ ।
तस्विर स्रोत : ग्लोबल टाइम्स /चीन Photo Credit : Global Times/ Xinhua
































