काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परी लामटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरु सम्पर्कविहिन भएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार लामटाङ राष्टिय निकुञ्जको स्याफ्रुबेशी पोष्टमा कार्यरत रेञ्जर निलम कार्की, सिनियर गेम स्काउकट मैया दाहाल हालसम्म सम्पर्कविहिन भएका छन् ।
त्यसैगरी मैलुङ पोष्टमा कार्यरत सिनियर गेम स्काउट पूर्णप्रसाद आचार्य बुधबार बिहानदेखि बिहीबार बिहानसम्म सम्पर्कमा नआएको कुरा विभागले जनाएको छ ।

विभागले सम्पर्कविहिन भएका कर्मचारीको अवस्था बारे कुनै जानकारी पाउने व्यक्तिलाई खबर गरिदिन अनुरोध सहित अपिल गरेको छ ।























