भेरीले बगाएर एकको मृत्यु, एक बेपत्ता

जाजरकोट । गर्मी छल्न भेरी नदी गएर नुहाउँदै गर्दा आज डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका एक बालकको बगेर मृत्यु भएको छ भने एक नदीमा बेपत्ता भएका छन् ।

खदाङ्गको हरियापनीस्थित भेरीमा पौडी खेल्दै गर्दा ल्हाँका १४ वर्षीय बिमल नेपालीको मृत्यु भएको छ भने १३ वर्षीय वीरबहादुर नेपाली बेपत्ता रहेका डोल्पाका प्रहरी प्रमुख नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।

मष्टा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बिमलको शव भेटिए पनि वीरबहादुर बेपत्ता रहेका बताइएको छ । वीरबहादुरको खोजी कार्य जारी रहेको छ । अहिले नदीमा पानीको बहाव बढिरहेकाले खोजी कार्यमा समस्या रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here