जंगलबाट हतियार सहित सात शिकारी पक्राउ

सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगरपालिकाभित्र रहेको चुरे जङगलबाट सात जना शिकारी पक्रा परेका छन् ।

रानीबासमा रहेको सब डिभिजन वन कार्यालयबाट गस्तीमा गएको सशस्त्र वन रक्षक टोलीले वडा नं. १४ स्थित जङ्गलबाट सात जना शिकारीलाई पक्राउ गरेको हो ।

सहायक वन अधिकृत सङ्घर्षसक्षम मिश्रका अनुसार पक्राउ पर्नेमा काले कुँमर, लक्ष्मी कुँमर, मोहन कुँमर, शम्भु कुँमर, बरम कुँमर, शम्भु चौधरी र ईश्वर कुँमर रहेका छन् । पक्राउ परेका शिकारीबाट चार थान पासो (जाली), खुकुरी र करिब पाँच केजी दुम्सीको मासु बरामद भएको छ । चोरी शिकार गर्न जंगल छिरेकालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here