ध्रुबे हात्तीको आक्रमणले शनिवार गैँडा गणना स्थगित

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्ने क्रममा शुक्रवार दिउँसो जंगलभित्र जंगली हात्ती ध्रुबेको आक्रमणमा गणना गर्ने प्राविधिक टोली परेपछि शनिवारको गैँडा गणना कार्य स्थगित गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार शुक्रवारको घटना पछि शनिवार एक दिनका लागि गणना कार्य स्थगित गरिएको हो । उनले नेपालकथासँग भने, गणना गर्ने प्राविधिक टोलीलाई मनोवैज्ञानिक रुपमा तयार हुनका लागि एक दिन रोकिएको हो र अर्काेतर्फ ध्रुबे हात्तीको क्रियाकलापहरुलाई पनि नजिकबाट अनुगमन गरेर आइतवारबाट गणना सुरु गरिनेछ ।

२०६६ सालमा चितवनमा देखिएको ध्रुबे हात्तीले हालसम्म १३ जना मानिसको ज्यान लिइसकेको छ । यो ज्यानमारा हात्तीको क्रियाकलाप अनुगमन गर्न रेडियो कलर गरिएको छ । सो माध्यामबाट ध्रुबेको क्रियाकलापहरुको अनुमगन भइरहेको डा. लामिछानेले बताए ।

शुक्रवारको घटनामा घाइते भएको कोषका संरक्षण अधिकृत बिनोद श्रेष्ठको काठमाडौँको हयाम्स अस्पतालमा उपचार भइरहेको छ भने अन्य कर्मचारीको चितवन र नलवपरासीका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here