कृषि मन्त्रीलाई सात दिने अल्टिमेटम

सर्लाहीका उखु किसानले गत वर्षकै सरकारी अनुदानको रकम नपाएको भन्दै सरकारको आलोचना गरेका छन् । सो रकम सात दिन भित्र नपाएको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सर्लाही जिल्लामा पुग्नुभएका कृषि विकास मन्त्री चक्रपाणी खनाललाई नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा भेटेर अगुवा उखु किसानले गत वर्ष उखु बिक्री बापत सरकारका तर्फबाट उपलब्ध गराउने भनिएको प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा नपाएकोबारे भन्दै सरकार किसानको पक्षमा नरहेको आक्रोश व्यक्त गरेका छन् ।
सात दिनभित्र अनुदानको पैंसा नपाए आन्दोलनमा उत्रने चेतावनीसहित मन्त्री खनाललाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।


किसानलाई भुल्याउने तरिकाले अनुदान दिने भन्ने तर अनुदान प्राप्त गर्ने झन्झटिलो प्रक्रियाले झन किसान पीडित हुन थालेका समेत किसानले गुनाशो गरेका छन् ।
हरेक जिल्लामा पुगेर आफुले उखु किसानको समस्याप्रति आफू जानकार रहेको बताउँदै आउनुभएका मन्त्री खनालले यहाँ पनि त्यही कुरा दोहोर्याएपछि किसान झन आक्रोशित भएका थिए ।
सर्लाहीका किसानलाई वितरणका लागि गत असोज महिनामा जम्मा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा २६ करोड रुपियाँभन्दा बढी अनुदान रकम आएर थन्किएको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here