काठमाडौं– विश्व बैंकले नेपालको नवीकरणीय ऊर्जा विकासमा ८० करोड २ लाख ६५ हजार ८ सय ४० रुपैयाँ (६६ लाख १० हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने भएको छ । बैंकले रणनीतिक जलवायु कोष (एससिएफ) परियोजना अन्तर्गत छुट्याएको अनुदान तथा ऋण रकम अनुमोदन भएको हो । एससिएफ शिर्षकमा आउने करिब ५७ करोड ३६ लाख २५ हजार ८ सय ४० रुपैयाँ (५६ लाख २० मिलियन अमेरिकी डलर) अनुदान र २२ करोड ६६ लाख ४० हजार रुपैयाँ (२० लाख अमेरिकी डलर) ऋण हो । परियोजनाल मिनी ग्रिड आयोजना निर्माण गरी नवीकरणीय ऊर्जाको दिगो विकास गर्न निजी कम्पनीलाई ऋण तथा प्राविधिक सहयोग सहायत उपलब्ध गराउने छ। सरकारले नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रले भोग्नु परेका समस्या सम्बोधन गरेर सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलका आधारमा मिनी ग्रिड आयोजना अघि बढाउन परियोजनाले जोड दिनेछ ।