दाङ प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना पत्ता लगाइ ठूलो परिमाणमा हतियार र हतियार बनाउने कच्चा पदार्थसहित २ जनालाई पक्राउ गरेको छ । नेपाल भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाँउपालिका-७ भौवानाबाट तयारी हतियार र हतियार बनाउन प्रयोग हुने सामाग्रीसहित २ जना ५९ वर्षीय जीतबहादुर बुढा र ३८ वर्षीय रुद्रमनी घर्तीलाई पक्राउ गरेको हो ।
सो कारखानाबाट भरुवा बन्दुक ५ थान, १२ बोर राइफल एक थान, एयरगन ३ थान, कटुवा पेस्तोल, रिभल्भर १ /१ थान , सानो हतियारको नाल १२ थान र ठुलो हतियारको नाल २९ थान प्रहरीले बरामद गरेको छ साथै प्रहरीले हतियार बनाउन प्रयोग हुने सामाग्री पनि ठुलो मात्रामा बरामद गरेको छ ।
दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे का अनुसार भौवा नाकामा अवैधरुपमा घरेलु हातहतियार निर्माण हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो ।