जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

गुल्मीको मुसिकोट नगरपालिका- ८ स्थित वामी मैदानबाट वामीटक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ग १ च ८३५७ नम्बरको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

दुर्घटनामा परेर गाडीधनी मुसिकोट नगरपालिका ८ का ३० वर्षीय ठाकुर सापकोटा र सोही ठाउँकी ५५ वर्षीय पुतली ठकुरीको ज्यान गएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here