मनाङ पुग्ने सडक तीन हप्तादेखि बन्द


काठमाडौँ । विकट हिमाली जिल्ला मनाङमा सडक अवरुद्ध भएको तीन साता हुँदा समेत अझै खुल्न सकेको छैन ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको नासोँ गाउँपालिका दानाक्युबाट चामेसहित माथिल्लो क्षेत्रमा हिमपातका कारण माघ ८ गतेदेखि सडक अवरुद्ध भएको हो । सो सडक अझै खुलेको छैन । सडकमा बाक्लो हिउँ जमेको र पानीले ठाउँ ठाउँमा पहिरो समेत गएकोले सडक अवरुद्ध भएको हो ।

हिमपात रोकिन थालेपछि स्थानीय प्रशासन, स्थानीय तह, डिभिजन सडक कार्यालय दमौलीले बाटो खुलाउन शुरु गरिएको छ । आइतबारदेखि हिमपात रोकिएकोमा दानाक्युबाट तिमाङसम्मको करिब पाँच किलोमिटर अवरूद्ध सडक खुलाउन थालिएको प्रहरीले जनाएको छ ।

माथिल्लो मनाङको मनाङ–ङिस्याङ गाउँपालिका–१ भ्राताङदेखि चामेसम्मको ७ किलोमिटर सडक सफा गरिएको र चामेबाट स्याक्र्युखोलासम्मको करिब ६ किलोमिटर सडक खुलाउन थालिएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिनुभएको छ । सडकमा माथिबाट ठूलठूला ढुङ्गा आएकाले पन्छाउन बम बिस्फोट गरेर भएपनि बाटो खुलाउनु पर्नेमा प्रहरी प्रशासनले तयारी गरिरहेको छ ।

चामेस्थित सशस्त्र प्रहरीको ३२ नं. गुल्मका प्रहरी नायव उपरीक्षक निलकमल आचार्यका अनुसार हिमपातका कारण मनाङका प्रायः सडक बन्द छन् । स्याक्र्युखोलादेखि माथि केही सार्वजनिक तथा निजी सवारी साधन थन्किएका छन् ।

बाटो बनाउन प्रयोग गरिने केही मेशिनरी सामान समेत चल्न सकेका छैनन् । बाटो अवरुद्ध हुँदा स्थानीयवासी, कर्मचारी र पर्यटकलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ ।
चामे गाउँपािलका–३ चोमका कर्माटसी लामाका अनुसार बाटो बन्द भएपछि जिल्लामा खाद्यान्य अभाव भएको छ । मनाङमा मुख्य खाद्यबाली धान, मकै, कोदोलगायतका खाद्यान्न साथै प्रशस्त मात्रामा तरकारीसमेत लमजुङबाट लाने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here