निकुञ्जलाई केन्द्रमा राखेर पर्यटकीय योजना

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर पर्यटन विकासको योजना बनाइन थालिएको छ ।

प्रदेश ३ को पर्यटन विकास आयोजनाका प्रमुख राजु क्षेत्रीले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्ज भित्रको जिप, सफारी ब्यवस्थापन गर्नेसहित प्रदेश भरी १७२ आयोजनालाई प्रदेश सरकारले एक अर्व एक करोड रुपियाँ खर्च गर्ने योजना अघि सारेको छ । मूख्यतया चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर सबै योजना बनाइनेछन् ।”

पर्यटन प्रवद्र्धन गर्नका लागि प्रदेश ३ भरी बिभिन्न १० स्थानमा हिल स्टेशन बनाइदैछन् । बिभिन्न २२ वटा उच्च स्थानमा ट्रेकिङ्ग र २५ स्थानमा पर्यटकीय पार्क बनाउने योजना प्रदेश सरकारले अघि सारेको छ ।

चितवनमा निकुञ्जमा जिप सफारीसँगै बिस हजारी ताल संरक्षण, मेगौलीमा पर्यटन पार्क, देवघाटमा धार्मिक पर्यटनको प्रर्वद्धन, लामो झरनाको संरक्षण, ऐतिहासिक तथा धार्मिक गणेश थान मन्दिरको जिर्णोद्धार लगायतका योजनाहरु छनौटमा परेका छन् ।

प्रदेश सरकारका पर्यटनमन्त्री अरुण नेपालका अनुसार पर्यटन योजनाअन्तर्गत सुरुमा पर्यटन ब्राण्ड, लोगो, नारा र गुरुयोजना बनाउने र यसको पूर्वाधार विकासका काम गरिनेछन् । वन र वन्यजन्तुमा आधारित पर्यटन, धार्मिक पर्यटन, जलश्रोत, ¥याफ्टिङ्ग र पैदल यात्रामा आधारित पर्यटनमा विकास गर्न सकिने सम्भावना रहेको प्रदेश ३ मा यिनै आधारहरुमा योजना विकास गरिने पनि उहाँले बताउनुभयो ।

प्रदेश ३ मा चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, हिमाली भेगमा रहेको लाडटाङ्ग राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्रलगायतका वनजङ्गल र यसभित्र रहेका वन्यजन्तु तथा वनस्पतिहरु पर्यटकका लागि आर्कषण छन् । चितवनको बाघ र एक सिँगे गैडा र रसुवाको रेडपाण्डा, कस्तुरी मृग हिउँ चितुवा लगायतका वन्यजन्तु पर्यटकले हेर्न आउने गरेका छन् ।

त्यसैगरी उच्च स्थानको ट्रेकिङ्ग रुट निर्माणका लागि गौरीशंकर, लाङ्गटाङ्ग र गणेश हिमाल क्षेत्रलाई छनौट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here