चितुवाको छाला सहित पक्राउ


काठमाडौँ ।  नेपालगञ्ज बसपार्कबाट प्रहरीले बुधबार चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज बसपार्कमा रहेको शर्मा गण्डकी होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा लिवाङ्ग १ का ४४ बर्षीय चन्द्रबहादुर घर्ती र सुनिल स्मृति गाउँपालिका २ का आइते विष्ट मगर रहेका छन् ।

प्रहरीका अनुसार बयष्क चितुवाको छाला सहित पक्राउ परको ती व्यक्तिलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ । प्रहरीले विशेष सूचनाको आधारमा चितुवाको छाला सहित ब्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here