ठूला नेता धेरै भ्रष्टचार गर्नु देशकै दुर्भाग्य

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले असल राजनीतिका असल राजनीतिज्ञ हुनु पर्ने बताउनुभएको छ ।

मध्यपाहाडी लोकमार्गमा नयाँ शक्ति पार्टीले सञ्चालन गरेको जनसम्बाद कार्यक्रममा बोल्दै उहाँले असल राजनीति र असल नेता नभएसम्म देशको समृद्धि हुन नसक्ने बताउनु भएको हो ।

डा. भट्टराइले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने यसले देशलाई नै सिध्याउने तर्फ सचेत पार्नुभयो ।

भ्रटाचारको अन्त्य नभएसम्म मुलुकको समस्या समाधान नहुने र मुलुक पनि समृद्व नहुने भन्दै डा. भट्टराईले विगतमा ठूला क्रान्ति, आन्दोलन र युद्वबाट आएका नेताहरु समेत भ्रष्टाचारमा लिप्त हुनु र धेरै भ्रष्टचार गर्नु देशकै लागि दुर्भाग्य भएको बताउनुभयो ।

जल, जमीन, जंगल, जडिबुटी र जनशिक्तको प्रयोग गरेर नेपाललाई समृद्व बनाउन सकिने तर्क प्रस्तुत गर्दै नेपालमा भएको प्राकृतिक श्रोत र मानव श्रोतलाई उपयोग गरेर मुलक समृद्व बनाउन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here