मुलुकै तेस्रो पुरानो तेस्रो जलविद्युत गृहको बेहाल


काठमाडौँ । मुलुककै तेस्रो पुरानो पनौती जलविद्युत् आयोजनाको नियमित मर्मत सम्भार नहुँदा बेहाल अवस्थामा रहेको छ भने उत्पादन पनि तीन गुणाले घटेको छ ।

विद्युत् गृहमा रहेको तीन वटा टवाईन मध्ये हाल एउटा मात्रै सञ्चालन हुँदै आएको छ । तत्कालीन सोभियत संघले नेपाललाई दुई देशका सम्बन्ध सुधारका लागि निर्माण गरिदिएको पनौती विद्युत गृह बि सं २०२२ असार ३१ गते देखि सञ्चालनमा ल्याइएको हो ।

कूल २ दशमलव ४ मेगावाट क्षमता भएको सो विद्युत् गृहबाट हाल एउटा मेसिनबाट ५÷६ सय किलोवाट मात्र विद्युत उत्पादन भैरहेको छ । टर्वाइन बिग्रेको र पानीको मात्रा कम भएको कारण विद्युत उत्पादन कम भएको बताइएको छ ।

विद्युते गृह निर्माण ताका गरिएको ( ५३ बर्ष अगाडी ) सम्झौता अनुसार स्थानीय बासिन्दाले आयोजनाको जलाशयबाट पानी लगेर खेतबारीमा सिंचाई गर्ने हुनाले पछिल्लो समय पानी कम हुँदा एउटा मात्र टर्वाईन सञ्चालन भएको हो । बाँध वरपर रहेका क्रसर उद्योगले फालेको धुलोले कुलो पुरिदा पनि आयोजनाको लागि पानीको समस्या भएको छ । पनौतीबाट उत्पादन भएको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here