सचिवमा गौतम र सहायक रथीमा श्रेष्ठको बढुवा

काठमाडौँ । सरकारले निजामति सेवाको सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गौतमलाई बढुवा गरी महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित विशिष्ट श्रेणीको महालेखा नियन्त्रकमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यसैगरी महासेनानी गणेशकुमार श्रेष्ठलाई सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापना गर्ने निर्णय पनि मन्त्रीपरिषदको निर्णयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here