काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार हाताभित्र पाँच वटा आँपका बिरुवा रोप्नुभएको हो । उहाँका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोप्नुभएको छ ।
सदा झै यस वर्षको जन्मदिनमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको थियो ।
प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएको थियो ।