सोल्टामा वैकल्पिक ऊर्जाले जडान गर्यो सोलार प्लान्ट

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले राष्ट्रिय प्रसारण लाइनले छुन नसकेका ग्रामीण भेगमा उज्यालो पार्ने कामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

देशका दूरदराजमा रहेका गाउँ वस्तीलाई उज्यालोसँग जोड्ने अभियान अन्तर्गत कैलालीको दुर्गम पहाडी वस्ती मोहन्यालमा पनि सोलार प्लान्ट जडान गर्न थालेको छ ।

मोहन्याल गाउँको सोल्टामा पहिलो चरणमा सोलार प्लान्ट जडान गरेर यो भेगका बासिन्दालाई उज्यालो दिन काम हुने भएको छ । यहाँ जडान हुने सोलार प्लान्टबाट २१० घरधुरी लाभान्वित हुने भएको कुरा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।

सोलार प्लान्ट जडान गरी विद्युत् सेवा वितरण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र मोहन्याल गाउँपालिकाले संयुक्त रुपमा लगानी गरेका छन् ।

झन्डै ३ करोड ७५ लाख लागत अनुमान गरिएको यो कार्यमा स्थानीय बासिन्दाले कुल लागतको १० प्रतिशत हुन आउने रकम सहित केही थप रकम मोहन्याल गाउँपालिकाले जम्मा गर्ने भएको छ । सुङरखाल सौर्य उर्जा मिनी ग्रेट नाम दिएको उक्त केन्द्रबाट उत्पादित बिजुलीबाट बत्ती ,फ्रिज र मिल समेत सन्चालन गर्न सकिने स्थानिय अगुवा जयनन्द जैशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here