अब वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय हुने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले वन तथा वातावरण मन्त्रालयको नाउँ परिवर्तन गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार अब वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय रहने भएको छ । हालको वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन व्यवस्थापनसँग सम्बन्धित कामहरु पनि प्रमुख रुपमा गरिरहेकोले सो विषयलाई अझ विशिष्टिकृत गर्न जलवायु परिवर्तन भन्ने शब्दावली थप्ने निर्णय भएको हो ।


परिषदले सो विषयको प्रश्ताव क्याविनेटमा लैजान हालको वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । आगामी क्याविनेटको बैठकमा सो प्रश्ताव वन मन्त्रालयले लैजाने भएको छ ।

क्याविनेटले पास गरेपछि हालको वन तथा वातावरण मन्त्रालयको नाउँ वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय हुने मन्त्रालयका सचिव डा. दिपककुमार खरालले नेपालकथालाई शुक्रबार बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here