काठमाडौँ । नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी सहितको हेलिकोप्टर दुर्घटना भएपछी हामीले घटनास्थलबाट प्रत्यक्षदर्शी स्थानेश्वर भट्टराईसँग प्रत्यक्ष तर छोटो सम्बाद गरेको छौँ । जुन जस्ताको तस्तै ।
भट्टराई: हामी बल्ल बल्ल घटनास्थलसम्म आइपुगेका छौँ । घटनास्थलमा भएको स्थितिलाई मैले धेरै पत्रकार र रेडियोलाई भनिसकेको छु । तर यताको स्थिति निकै जर्जर छ । अब के भन्ने ? कसरी भन्ने ?
कस्तो छ भनिदिनुहोस् न ?
मेरो मोबाइलको ब्याट्री पनि सकिनै थालेको छ । प्रहरीको टोली दौडादौड गरेर आइपुगेको छ । हामी पनि प्रहरीको पछि पछि लागेको आएका हौँ ।
प्रहरीलाई हामीले सहयोग गरिरहेका छौँ । हेलिकोप्टरको पूरा भाग एउटा पनि छैन । अब आफै सम्झनुहोस् कि मानिसको शरिर कस्तो अवस्था होला
मैले आर्मीको ड्रेस र कालो जुत्ता देख्दा यो आर्मीको मान्छेको जस्तो लागेको छ । अरु शरिरको अनुहार मैले चिन्न सकेको छैन । यहाँ आउने प्रहरीलाई समेत चिन्न गाह्रो भइरहेको छ । मैले त मन्त्रीको अनुहार त चिन्न सक्थे हुला तर अरुको त चिन्दिन पनि । मसँग मोवाइल चार्ज छैन सर । अब पछि कुरा गरौँला ।