उडेको केही मिनेटमै दुर्घटना भएको थियो मन्त्री अधिकारी सवार हेलिकोप्टर

काठमाडौँ । ताप्लेजुङमा वहालबाला मन्त्री रविन्द्र अधिकारी सहितको हेलिकोप्टर बुधबारको दुर्घटना देशकै उच्च पदस्थ रहेको दोस्रो ठूलो दुर्घटना हो । यस अघि ताप्लेजुङको घुन्सा तत्कालिन वन राज्यमन्त्री गोपाल राई सहित दातृ निकायका उच्च पदस्थ सहित संरक्षणकर्मीहरुको टोली हेलिकोप्टर दुर्घटना भएको थियो ।

मन्त्री अधिकारीले ताप्लेजुङ पुगेपछि प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन गर्ने बताएपछि हेलिकोप्टर पाथीभरा मन्दिरका लागि उडेको थियो । पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा मन्त्री सवार हेलिकोप्टर दुर्घटना भएको हो ।

मन्त्री अधिकारीले दर्शन गर्दै गर्दा पाथीभरा वरपर ठूलो हिमपात भइरहेको थियो । हिमपातका कारणले अत्याधिक चिसो भएपछि हेलिकोप्टर उडाउनुको कुनै विकल्प थिएन । अनि पाइलट केशीले एअर ट्राफिक कन्ट्रोलसँग भारी हिमपात भइरहेकोले आफुले उडाउन नसक्ने तर नउडाउनुको विकल्प पनि नभएको सम्बाद गरेको रेकर्डमा देखिएको छ ।

क्याप्टेन प्रभाकर केसी

पाथीभराबाट हेलिकोप्टर उडेको केही मिनेटमै दुर्घटना भएको अनुमान गरिएको छ । किन कि त्यसपछि पाइलटको नै सम्पर्क विहिन भएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here