हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित सातै जनाको पोष्टमार्टमको काम सकिन अझै समय लाग्ने भएको छ।
शव पोष्टमार्टमको काम सकिन अझै समय लाग्ने भएपछि श्रद्धाञ्जली सभा शुक्रबार बिहान आठ बजेका लागि सारिएको छ। बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।