काठमाडौं । गत मङ्गलबार देखी बिग्रेको मौसम आज केही खुले पनि भोली देखी फेरी बर्षा हुने सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभाव आज सकिएर मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको छ । यस् बिषय मा मौसमविद् मीनकुमार अर्यालले बताए अनुसार शुक्रबार मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपात पुन दोहोरिन सक्ने उन्ले बताए ।