काठमाडौं । काठमाडौं । रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा फेरी पानीको सतह बढ्दै गएको छ ।
पानी सहित लेदो बग्ने क्रम बढेपछि भोटेकोशीमा फेरी बाढीको जोखिम देखिएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहे, बसेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले एक विज्ञप्ति जारी गरी भदौ १० मा आएको ठूलो बाढी जस्तै आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ।
नदीमा थप बाढी आउन सक्ने जोखिम अझै पनि रहेकोले सबैलाई सचेत तर सजग रहन प्राधिकरणले अनुरोध गरेको छ।































